केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय

प्रकाशित मिति:

महेश सिंह-जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा ओलीमय भएका छन । जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ । नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले ९माधव समुह० ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो ।

लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुनेगरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो ।प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेस बाट अरुण के।सी, जसपा बाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले९माधव समुह० बाट देवशरण पन्डितलगायतका नेताहरु रहेका थिए । त्यसैअनुरूप गठबन्धनलाई कृयाशिल गर्न दलिय संयन्त्र बनाईएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपा बाट दिनेश महतो र नेकपा एमाले (माधव समुह) बाट विनोद साहलगायतका नेताहरु रहेका थिए ।

सामुहिक सहमति पछि सम्पुर्ण दलिय प्रतिनिधिले राजदेवी माताको नामले सपथ खाएका थिए तर उक्त सपथलाई राजनैतिक ग्रहणले टुक्राटुक्रा पारिदिएको छ । जम्मा चार वडामा जितेका जसपा(यादव) समुहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतिय कोरम पुर्याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।