नेपालमा नोकिया जी २० र जी १० स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

प्रकाशित मिति:

नेपालमा नोकिया जी २० र नोकिया जी १० स्मार्टफोन सार्वजनिक भएको छ । यी दुवै फोनले तीन दिनसम्म ब्याट्री टिकाउने कम्पनीको दावी छ ।नोकिया जी २० मा ६.५ इन्चको टिएरड्रप डिस्प्ले रहेको छ भने ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट पाइने छ ।

साथै दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड दिने कम्पनीले जनाएको छ । यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । नोकिया जी २० को मुल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।त्यस्तै नोकिया जी १० मा ६.५ इन्चको डिस्प्ले राखिएको छ । यसमा ५०५० एमएएच ब्याट्री रहेको छ । फोनमा १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

नोकिया जी १० तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेड पाइने छ । नोकिया जी १० मा ४ जीबी र ६४ स्टोरेज रहेको छ । नेपालमा नोकिया जी १० मूल्य १६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।