मोरङमा हत्या र लागूऔषध तस्करीको अभियोगमा २ जना पक्राउ

प्रकाशित मिति:

मोरङमा हत्या गरेको अभियोमा एक जना तथा लागूऔषध तस्कर गर्ने एक जना गरी दुई जना पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका–२, बस्ने ३० वर्षीया सरिता सोरेन बास्केको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ डेरा गरी बस्ने ३२ वर्षीय सुफल हस्दा पक्राउ परेका हुन् । त्यसैगरी पथरी शनिश्चरे नगरपालिका–१ सिनेमाहल छेउका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाल ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।बैशाख १८ गते राति रतुवामाई नगरपालिका–४ सिङगारीस्थित मकैबारीमा सरिता मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा सुफलको संलग्नता देखिएपश्चात उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

भने परियार र दर्नाललाई भने १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर र लागूऔषध तौल गर्ने मेशिनसहित प्रहरीले पक्राउ गरेको हो ।