राष्ट्रपति भण्डारीको पोल्याण्ड यात्रा आजः यस्तो छ भ्रमण तालिका, को को जाँदै छन् ?

प्रकाशित मिति:

मङ्सिर १५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोल्याण्डको भ्रमणमा जाने भएकी छन् ।

पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा संघीय सांसदका सदस्यहरू पूर्णा कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुने छन् ।

त्यस्तै भ्रमण टोलीमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका उच्च अधिकारीहरूसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै भ्रमण टोलीमा सरकारी सञ्चार माध्यमका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेकी हुन् ।