मेसीको अर्जेन्टिना र स्वारेजको उरुग्वे भिड्दै

प्रकाशित मिति:

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान अर्जेन्टिना र उरुग्वेले प्रतिस्पर्धा गर्दैछन् ।

समूह बीमा रहेका दुबै टिम नेपाली समयानुसार भोलि बिहान ५ः४५ बजे ब्राजिलको स्टेडिओ नेसनल डी ब्रासिलियामा आमनेसामने हुँदैछन् ।उरुग्वेले अर्जेन्टिनालाई हराउँदै सुखद् सुरुवात गर्न चाहन्छ भने यसअघि चिलीसँग १(१ गोलको बराबरी खेलेको अर्जेन्टिना उरुग्वेलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र उनका पूर्वसहयात्री उरुग्वेका लुइस स्वारेजबीचको खेल प्रतिक्षित हुनेछ ।