गरिमा विकास बैंकले केसीएलको शेयर स्वामित्व खरिद गर्ने

प्रकाशित मिति:

गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र केसीएलका तर्फबाट अध्यक्ष दीपक पाण्डेले हस्ताक्षर गरेका छन् ।

गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । सम्झौताअनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलका नामबाट सेवा प्रदान गर्ने छ ।

केसीएल नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सप्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।