स्विडेनको पहिलो जित

प्रकाशित मिति:

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । पहिलो खेलमा स्पेनसँग गोल रहित बराबरी खेलेको स्विडेनले पहिलो जित निकालेको हो ।

शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अङ्क जोडेको छ । समूहको स्विडेन शीर्ष स्थानमा छ ।स्लोभाकियाको यो पहिलो हार हो ।