मूर्ति प्रतिस्थापनका लागि महायज्ञ

प्रकाशित मिति:

पाल्पा, १५ मङ्सिर । गणेश मूर्ति प्रतिस्थापन समितिको आयोजनामा फागुन १ देखि १५ सम्म तानसेन टुँडिखेलमा महायज्ञ हुने भएको छ । सो अवसरमा तानसेन टुँडिखेलमा रहेको गणेश मूर्ति तानसेन–१० गुफाचौरमा प्रतिस्थापन गरिने भएको हो ।

समितिका अध्यक्ष तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले फागुन महिनामा महायज्ञ सञ्चालन गरी मूर्ति प्रतिस्थापन गर्ने बताउनुभयो ।