क्यानाडा-अमेरिका सीमा बन्द अर्को महिना सम्मको लागि थप

प्रकाशित मिति:

क्यानाडाले संयुक्त राज्य अमेरिकासँगको सिमाना कम्तीमा एक महिनाको लागि गैर अत्यावश्यक नन एसेन्सिएल यात्रा बन्द राख्ने भएको छ । क्यानाडाको संघीय सरकार ओटावाले शुक्रवार उक्त घोषणा गरेको हो ।

सार्वजनिक सुरक्षा मन्त्री बिल ब्लेयरले सामाजिक संजाल ट्वीटरमा कोभिड-१९ सीमा पार गर्ने प्रतिबन्ध जुलाई २१ सम्म लागू हुनेछ भनि प्रकाशन गरेका छन् । हाम्रो प्रथम शीर्ष संख्याको प्राथमिकता भनेको कोभिड-१९ बिरुद्ध लडाई गर्दै क्यानाडालीहरूलाई सुरक्षित राख्नु हो सअमेरिकासँगको समन्वयमा हामी गैर-आवश्यक अन्तर्राष्ट्रिय यात्रामा र संयुक्त राज्य अमेरिकासंग जुलाई २१, २०२१ सम्म प्रतिबन्ध लगाउँदैछौं,” भनि उनले लेखेका छन् ।

शुक्रबारको घोषणा संयुक्त राज्य अमेरिकासँगको सम्झौताको नविकरण हो ।जसमा मार्च २०२० मा महामारीको सुरु भएपछि सीमा बन्द गर्न बारम्बार मासिक आधारमा विस्तार गरिएको छ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ७५ प्रतिशत क्यानाडालीले कम्तिमा एक खोप पटक कोरोना बिरुद्ध खोप नलगाए सम्म सीमा प्रतिबन्ध हटाउनका लागि आह्वानहरूको विरोध गरे। गत हप्ता सम्म क्यानाडाली जनसंख्याओ ६४ प्रतिशत अर्थात् करिव २ करोड ४० लाख मानिसले कम्तिमा एक खोप लगाएको सरकारी आधिकारिक तथ्यांकले देखाएको भनि युपिआईले जनाएको छ ।

थप समाचार