चिनको तिङग्रीमा पहीरो गएपछी माथिल्लो तामाकोसीको जलाशय खाली गरिँदै

प्रकाशित मिति:

तामाकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी आयोजनाको जलाशय खाली गर्न सुरु गरिएको छ । पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो ।

शुक्रबार राति चीनको तिङग्री नजिकै पहिरो खसेर तामाकोसीको सहायक रोङसी खोला थुनिएर ताल बनेर बसेको छ । कुनै पनि बेला सो खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि जलाशयको पानी छोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । जस्तो सुकै बाढी आएपनि डेढ घण्टा तामाकोसीको बाँधले थग्छ,’ न्यौपानेले भन्नुभयो, ‘उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलाशय खाली गरिएको हो ।’ आयोजनाका प्रवक्ता न्यौपानेले तामाकोसी जलाशयको पानीको सतह १ हजार ९ सय ७८ मिटरमा झार्ने काम भईरहेको बताउनुभयो ।

आयोजनाको बाँधले प्रति सेकेण्ड ६ सय घनमिटर बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय घनमिटर जलशयले डेढ घण्टासम्म रोक्न सक्ने उहाँको भनाई छ ।तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीयलाई सुरक्षित स्थानमा जाने समयका लागि डेढ खोला थुनिएपछि तामाकोसी जलयाशको माथिल्लो भेगमा पानीको बेग घट्दै गएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।‘कुनैपनि बेला ठूलो बाढी आउन सक्ने भन्दै चिनियाँ अधिकारीहरुले भनेका छन्,’ घिमिरेले भन्नुभयो, ‘बाढीबाट हुने क्षति रोक्नका लागि तामाकोसी आयोजनाको जलशयबाट पानी घटाउने काम भईरहेको छ ।’ खोला थुनिएकाले माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थलको माचिल्लो भेगमा तामाकोशी सानो भएर बगेको उहाँले बताउनुभयो ।@radiokantipur