बाढी पहिरो पीडित ग्राहकलाई स्मार्ट टेलिकमको १०० रुपैयाँ ब्यालेन्स

प्रकाशित मिति:

काठमाडौं : स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जा जिल्लाका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले मोबाइल ब्यालेन्स उपलब्ध गराएको छ । बाढी पहिरोबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका प्रयोगकर्तालाई निःशुल्क ब्यालेन्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

उक्त मोबाइल ब्यालेन्सले ग्राहकलाई यस कठीन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डाटा चलाउने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ ।