गण्डकीमा मिल्यो भागबण्डा कांग्रेस र माओवादी केन्द्रले ४ – ४ मन्त्रालय पाउने

प्रकाशित मिति:

काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको भागबण्डाको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ४ ४ मन्त्रालय पाउने भएका छन् । त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०ले दुई मन्त्रालय प्राप्त गर्ने टुङ्गो लागेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसक्नु भएको छ । कांग्रेसबाट थप दुईजना मन्त्री थपिनेछन् । मन्त्रीका आकांक्षी १२ जनाभन्दा बढी सांसद रहेको बताइएको छ ।

सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसक्नु भएको छ । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको सपथ लिएकी गुरुङबाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।

गठबन्धनको अर्को दल जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । उक्त दलबाट हरिशरण आचार्य मन्त्री बनिसक्नु भएको छ । उक्त दलबाट गत शनिबार सपथ लिन नपाएको भन्दै धनमाया पोखरेल ९लामा०ले असन्तुष्टि राख्नुभएको छ । स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०ले पनि मन्त्रीको सपथ लिइसक्नुभएको छ । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीयमन्त्री बनाइएको थियो। भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय हुन सकेको छैन । माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार सङ्ख्यामा निश्चित गरे पनि कुन दलले कुन मन्त्रालय पाउने निर्णय हुन केही दिन लाग्ने भएको छ ।