सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

प्रकाशित मिति:

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं। ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ महिना अगाडि रोजगारीको खोजीमा भारतको सिम्लामा बस्दै आएका थिए ।

श्रीमतीको मृत्युको खवरपछि उनी शुक्रबार घर आएका छन् । खिमाको शब जिल्ला अस्पताल खलंगामै रहेको छ । खड्का परिवारले दोषीको पहिचान र कारबाहीको माग गरेका छन् ।खिमबहादुरले आफ्नो साला र जेठानपनि इण्डियामा रहेको र उनीहरुले आफु नेपाल आएपछि मात्रै शब बुझ्ने कुरा गरेको हुँदा शब अस्पतालमै रहेको डिएसपी थापाले बताए । घटना बारे प्रहरीले गम्भीर ढंगले अनुसन्धान जारी राखेको डिएसपी थापाले जानकारी दिए ।