जर्मनी र पोर्चुगलबीचको बहुप्रतिक्षित खेल हुँदै, कसले जित्ला ?

प्रकाशित मिति:

काठमाडौं । युरोकपमा जर्मनी र पोर्चुगलबीच बहुप्रतिक्षित खेल आज हुँदैछ ।नेपाली समय अनुसार आज राति पौने १० बजे यी दुई टिमबीच खेल हुन लागेको हो ।अन्तिम १६ मा जाने सम्भावनालाई बलियो बनाउने भएकोले पनि दुवैका लागि यो खेल महत्वपूर्ण हुनेछ ।

पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो ।तर, जर्मनी पहिलो खेलमा फ्रान्ससँग १–० गोलले पराजित भएको थियो ।त्यसैले आजको खेलमा जर्मनीलाई जित्नैपर्ने दबाब छ । पोर्चुगलसँग हारे जर्मनीको अर्को चरण प्रवेशको सम्भावना कमजोर हुनेछ । जर्मनी र पोर्चुगलबीच अहिलेसम्मका १८ खेलमा १० खेल जर्मनीले जित्दा पोर्चुगलले ३ खेल जितेको छ । यी दुईबीच पाँच खेल बराबरी भएको छ ।