पूर्वमन्त्री रानालाई पितृशोक !

१५ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
6 Shares


रामपुर, १५ मङ्सिर । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ ।

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहनुभएका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो ।

मुटुसम्बन्धी समस्याका कारण उहाँको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुनुहुन्छ । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया