युराेकप : ग्रिजम्यानले फ्रान्सलाई हारबाट जाेगाए

प्रकाशित मिति:

काठमाडौं- एन्टोनियो ग्रिजम्यानले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सलाई हारबाट जोगाएका छन्।

हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १/१ गोलको बराबरी खेलेको हो। घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजम्यानले दोस्रो हाफमा गोल गर्दै विश्वविजेता फ्रान्सलाई हारबाट जोगाएका हुन्।