विपन्न परिवारलाई तरुण दल र नेविसंघ कपिलवस्तु द्वारा खाद्यान्न सहयोग !

प्रकाशित मिति:

कपिलबस्तु, ५ असार। अति विपन्न परिवारलाई नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले खाद्यान्न सहयोग गरेका छ । बाणगंगा नगरपालिका ९ चौवाका १७ घर परिवारलाई शनिबार दाल, चामल, नुन तेल, साबुन लगायतका दैनिक अतिआवश्यक खाद्यान्न सहयोग गरेको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए । कोरोनाको कारण लकडाउन भएपछि पहिलो चरणमा  हजारौं परिवारलाई खाद्यान्न सहयोग गरेका  नेविसंघ र तरुणदल कपिलबस्तुले दोस्रो चरणको लकडाउनमा पनि निरन्तरता दिएका छन् । कहिल्लै समाजिक कार्यमा पछि नहट्ने विपन्न परिवारलाई शनिबार  नेवि संघ र तरुण दलका नेताहरु देबेन्द्र रायमाझी, शक्ति सिंह ठकुरी, तिलक थापा, चन्द्रकान्त पोख्रेल, ईश्वर थापा, दिपक थापा, कमल आचार्य, गोविन्द्र आचार्य, प्रविन पौडेल, शुभद्र पोख्रेल, शुसिल सिंह ठकुरी, कमल ढकाल, अनन्त पाठक, सूर्य बराल, किरन मल्ल, राज शर्मा, शुसान्त पोख्र्रेल, विवेक पौडेल हिमाल पराजुली , विशाल अधिकरी लगायतको खाद्यान्न वितरण कार्यक्रममा  उपस्थिति रहेको थियो ।


खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापती दिपक थापा, तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरी, नेविसंघका क्षेत्रिया सभापती चन्द्रकान्त पोख्रेल लगायतले बोल्दै आफुहरु मानविय सेवामा लागि परेको बताए । उहाँहरुले आफुहरुले थाहाँ पाए सम्म जुनसुकै अवस्थाका पीडित परिवारलको सहयोगमा लागिपर्ने धारणा समेतर राखेका थिए । ‘लकडाउन’ का कारण दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका विपन्न समुदाय  समस्यामा परेपछि खाद्यान्न सहयोग गरिएको उहाँहरुको भनाई रहेको थियो । यसरी दैनिक उपभोगीय सामाग्रीहरु समेतको अभाव खेपिरहेका बाणगंगा ९ का १७ घर  परिवारलाई नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुले खाद्यान्न सहयोग गरेका हुन् । देश नै संकटमा रहेको अवस्थामा नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुले विकास निर्माणका काम देखि विपन्न परिवारलाई खाद्यान्न सहयोग तथा विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।