बच्चाहरूलाई विद्यालयमा यी कुरा अवश्य सिकाउनुपर्छ

प्रकाशित मिति:

विद्यालयमा बिताएका दिनहरू मानिसको जिन्दगीमा सम्झनलायक हुन्छन् । यतिबेला पढाइबाहेक अरू कुनै कुराको चिन्ता हुँदैन ।आफ्नो भविष्यको तयारी गर्ने समय पनि यही हो । हाम्रा स्कूलहरूमा घोकन्ते विद्या हुने भएकाले विद्यार्थीलाई जसरी भएपनि राम्रो नम्बर ल्याउने ध्याउन्न मात्र हुन्छ । तर विद्यालयले बालबालिकालाई तल बताइएका शिक्षा र ज्ञान दिनैपर्छ ।

 

८०/२० नियम
समयको राम्रो उपयोग गर्ने सर्वोत्तम तरिका हो यो । यस नियमअन्तर्गत तपाईंले गरेको ८० प्रतिशत कार्यको २० प्रतिशत राम्रो परिणाम प्राप्त हुन्छ । धेर काम गरेर धेरर परिणाम आउने हैन, दिनभरि गरिएका केही कामबाट नै धेरै राम्रो परिणाम आउँछ भन्ने शिक्षा यसबाट पाइन्छ ।

हतार नगर्ने
तपाईं कुनै पनि काम छिटो सक्छु भन्नेतिर नलाग्नुस् । कुनै पनि काम राम्रोसँग गर्नका लागि समय चाहिन्छ । जस्तो, तपाईं फलानो काम एक हप्तामा सक्छु भन्नुहुन्छ भने एक दिन चाहिँ त्यसका लागि मजाले छुट्ट्याउनुस् । नत्र समस्या झनै अल्झिएर जान्छ ।

काम छुट्ट्याउने
दिनदिनै एकैखाले काम गर्दा मानिस बोर हुनसक्छ र तनाव आउँछ । विद्यालयले बच्चाहरूलाई सही व्यवस्थापन गर्न सिकाउनुपर्छ । जस्तै, कहिले डेस्क सफा गर्ने, कहिले खाने, कहिले कल गर्ने, कहिले शपिङ लिस्ट बनाउने सिकाउनुपर्छ ।

गल्ती राम्रो कुरा हो
गल्ती र विफलताबाट डराउनुहुँदैन भन्ने शिक्षा स्कूलले दिनुपर्छ । डराउने मानिसले कहिल्यै सिक्दैन । गल्तीबाटै सिकिने हो । जस्तो, साइकल चलाउन सिक्दा शुरुमा लडिन्छ । अब लडिन्छ भनेर साइकलै नचलाउने हो भने कहिल्यै सिकिन्न । फेरि फेरि कोशिश गर्नुपर्छ ।

हिम्मत राख्ने
गल्ती वा विफलतामा मानिसहरू आफूलाई कमजोर ठानेर हिम्मत तोड्छन् । यो खराब बानी हो । बच्चाहरूलाई अघि बढिरहनका लागि प्रेरित गर्नुपर्छ ।