गुल्मी काँग्रेसको जिल्ला सम्मेलन सर्यो !

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी, मंसिर १५ गते । नेपाली काँग्रेस गुल्मीको यहि मंसिर २० र २१ गते २ दिनसम्म हुने भनिएको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन सरेको छ । मिति २०७५ मंसिर २ गते आइतबार जिल्ला कार्य समितिको बैठकको निर्णयबाट ऐतिहासिक जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको थियो ।

शनिबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा पार्टी कार्यालय बी.पी. स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेर उक्त ऐहितहासिक जिल्ला सम्मेलन सरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पौष २८ र २९ गते ऐतिहासिक जिल्ला सम्मेलन गर्ने तय भएको पार्टी सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउनको लागि नेपाली काँग्रेसका क्रियाशिल सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई आ–आफ्नो ठाउँबाट लाग्न सभापति श्रेष्ठले आग्रह गर्नुभयो । यहि मंसिर २८ गते देखि ३ गते सम्म नेपाली काँग्रेसको महासमितिको भेला काठमान्डौमा सञ्चालन हुने भएकोले केन्द्रिय नेताहरु भेलाको तयारीमा लागेको हुनाले केन्द्रिय नेताहरुको अनुपस्थित हुने भएकाले यो सम्मेलन सरेको सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो