कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्छ : भट्टराई

प्रकाशित मिति:

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन् । उनले आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट नगर्ने हो भने समयले कसैलाई नपर्खने चेतावनी समेत दिएका छन् । आइतबार बिहान ट्विट गर्दै भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको दाबी समेत गरेका छन् । उनले टाउकाको ओखती नाइटामा लगाएर नहुने डा भट्टराईको तर्क छ ।