नेपाल चेम्वर अफ कमर्सद्धारा वाढि पिडितहरुको लागि राहत सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

हालैको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षती पुर्याइ त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुख व्यक्त गर्नु भएको छ । बाढिमा परी असामयीक निधन हुनु भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ ।

यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष श्री भक्तलाल श्रेष्ठलाइ अध्यक्ष श्री राजेन्द्र मल्लले हस्तान्तरण गर्नु भयो ।उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो