नेपाल आइडलका भर्सटायल गायक पवन गिरी रुँदै-रूवाउँदै बाहिरिए पछी ,,,,,,,,

प्रकाशित मिति:

मङ्सिर १५ बुटवल । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्।

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।
उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी , सुमित पाठक र अमित बराललाई संगीतको यो महासंग्राम जित्ने हतारो छ।

नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे।

उनी नेपाल आइडल सिजन १ मा पनि सहभागी थिए। पहिलो सिजनमा छनोट नभएपछि केही समय उनी निकै निराश भएका थिए। घर नजिकै चर्च थियो। उनको दिक्दारी हटाउन एकदिन एउटा साथीले उनलाई चर्चमा लगे। त्यहाँ संगीतका सबै साधन थियो, हरेक दिन संगीतको कार्यक्रम हुन्थ्यो। उनी हरेक दिन त्यहाँ संगीतको तिर्खा मेट्न थाले। गीत गुनगुनाउन थाले। केही समयमा नै उनमा अब्बल गीत गाउन सक्ने क्षमता विकास भयो। यही कारण नेपाल आइडल सिजन—२ मा उनी सुरुदेखि नै राम्रो गाउने गायकको रूपमा दरिएका थिए।

कार्यक्रम फाइनल राउन्डको नजिक पुग्दा नेपाल आइडलको चर्चा चुलिँदै गएको छ। विश्वमै सबैभन्दा बढी हेरिने कार्यक्रमको दोस्रो नम्बर पर्न सफल भएको छ, नेपाल आइडल। ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु भएको हो।

यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे । रवि ओडले यो हप्ता सबैभन्दा बढी भोट पाए ।