माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मनाङ्गेको भेट

प्रकाशित मिति:

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गण्डकी प्रदेशका मन्त्री दिपक मनाङ्गे (राजिव गुरुङ) ले भेट गरेका छन्।

भेटको तस्वीर सार्वजनिक गर्दै मन्त्री मनाङ्गले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएका छन्। मनाङबाट स्वतन्त्र सांसदका रुपमा जितेका मनाङ्गेले केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा विपक्षी गठबन्धनलाई साथ दिएका थिए। उनले साथ दिएकै कारण नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्।

निर्णायक भूमिका रहेका मनाङ्गेले त्यसअघि नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई साथ दिएका थिए। त्यसबेला पनि मन्त्री बन्ने मौका पाएका थिए