मनाङका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण

प्रकाशित मिति:

काठमाडौं । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो ।एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं। ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा सामग्रीहरु वितरण भएको थियो ।

अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नाबालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्धराम गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेका छन् ।विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदीहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौं मानिसहरु घरबार विहीन भएका छन । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफनो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ ।

चामे गाँउपालिका का वडा नं। ४ र ५ जोडने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।