वीरगंजमा सैनिक जवानले आफैंलाई हाने गोली, अवस्था गम्भीर

प्रकाशित मिति:

काठमाडौं । वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गोली हानेका छन्। आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको सैनिक स्रोतले बतायो । आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गोली प्रहार गरेका हुन्।

पोखरिया नगरपालिका वडा नम्बर-५ घर भएका उनी राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए । चिउँडो मुनिबाट आँखाको मुनिबाट नस्किने गरि गोली हानेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  उनको अहिले नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

आफैलाई किन गोली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -जनतापाटीबाट