सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा ४ सय रुपैंयाँ बढ्दै ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।