पूर्वमन्त्री विराज विष्टसहित २६ जना चाबहिलबाट पक्राउ

प्रकाशित मिति:

काठमाडौं , १५ मंसिर – प्रहरीले पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई पक्राउ गरेको छ । विवादित एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घिमिरे, कमल विष्ट, माधव प्रसाद भण्डारी, सपना अर्याललगायत रहेका छन् ।

सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए । उनीहरू सबै गौशाला प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।