कोरोनाका कारण बन्द भएको कमेडी च्याम्पियन आगामी सातादेखि प्रशारणमा आउने

प्रकाशित मिति:

बुटवल- चर्चित रियालिटी सो कमेडी च्याम्पियनको दोस्रो सिजन फेरि सञ्चालनमा आउँने भएको छ । कोरोना संक्रमणका कारण बीचमै रोकिएको प्रशारण अब आगामी सातादेखि हुने बताइएको छ ।

निर्माण टिमले यस साता छायांकन गरी अर्को साता प्रशारण गर्ने तयारी गरेका छन् । यसअघि कोरोनाभाइरसको बढ्दो जोखिमका कारण छायांकन अनिश्चितकालका लागि बन्द गरिएको थियो । झण्डै डेढ महिनादेखि बन्द भएको यस शो १६ भागसम्म प्रशारण भएको थियो ।

उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको थियो । विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार बेलुका प्रशारण हुनेछ ।कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।