रुस युरोकपबाट बाहिरियो, डेनमार्कको रोमाञ्चक यात्रा

प्रकाशित मिति:

काठमाडौं । रुस १६ औं संस्करणको युरोकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग पराजित हुँदै रुस समूहको पुछारमा रहेर बाहिरिएको हो ।

 

शुरुआतका दुवै खेल हारेको डेनमार्क भने अन्तिम खेलमा रुसलाई हराएर ३ अंकबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने भाग्यमानी टिम बनेको छ ।सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

 

कमजोर खेलेको रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । यसअघि रुसले फिनल्याण्डलाई १–० गोल अन्तरले हराएको थियो ।यस जितसँगै समूह बी को नतिजा रोमाञ्चक बन्यो । बेल्जियम सबै ३ खेल जितेर शीर्ष स्थानमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्यो ।