विश्वभर निःशुल्क वाईफाई उपलब्ध गराउँने तयारीमा चीनियाँ कम्पनी

प्रकाशित मिति:

एजेन्सी – एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ ।

उपग्रह चीनको पश्चिमउत्तरमा रहेको गाँन्सु प्रान्तमा जियुकान सेटेलाइट लञ्च सेंटरमा आउँदो बर्ष उद्‌घाटन गरिने भएको लिंकश्योर नेटवर्क कम्पनीले जनाएको छ । मानिसहरुको इन्टरनेटमा पहुँच बढाउँन सेटेलाइटको विकल्प नहुँने भन्दै गुगल, स्पेस एक्स, वेन वेइभ लगायतका कम्पनीले पनि विश्वभर फ्रि वाईफाइका लागि योजना अघि बढाएका छन् । २०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र २०२६ सम्म २ सय ७२ उपग्रह हुनेछन् ।

पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्ट अनुसार, उपग्रह द्वारा उपलब्ध गराइने इन्टरनेट सेवा सबैले सजिलो तरिकाले उपयोग गर्न सक्नेछन् । यो सेवा प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबाटै उपयोग गर्न सक्नेछन् । रिपोर्टका अनुसार, लिंकश्योरका कार्यकारी निर्देशक (सीईओ) वांग जिंगयिंगले कम्पनीले यो परियोजनामा तीन अरब युआन खर्च गर्ने बताइन् ।