सुनको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगबार प्रतितोलामा ६ सय रुपैंयाँ बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।