नेपालमा थपिए ४५२२ कोरोना संक्रमित, ४९५४ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ४५२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।