पाण्डबखानीमा टावर अवरुद्ध भएको १० दिनमा संचालन

प्रकाशित मिति:

सुरेश छन्त्यालर पाण्डबखानी- गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको नेपाल टेलिकम बागलुङद्धारा संचालित नमस्ते टावर अवरुद्ध भए संगै पाण्डबखनीका समुदाय लगाएत सिसाखानीका केही घरदुरी संचार माध्यमबाट बन्चित भएका थिए । अविरल वर्षाका कारण गत जेठ ३० गते अवरुद्ध बनेको टावर आज पुन संचालनमा आएको छ। टावरको पोलमा रहेको ईन्सुलेटर जल्दा टावर अवरुद्ध हुन पुगेको स्थानीय छम काउचाले जानकारी दिनुभयो।

त्यस्तै घोम्टे खोला जलविद्युतमा रहेको एल्सीपोट नया राखेपछि टावर संचालनमा आउदा पाण्डबखानीका ४०७० समुदाय लगाएत सिसाखानीका केही घरदुरी लाभान्वित भएका छन् । यसरी लामो समय सम्म टावर अवरुद्ध हुदा बैंकिङ कारोबार, अनलाइन कलास, संचार, महत्त्वपूर्ण कार्यबाट बन्चित हुदा धेरै क्षति पुगेको सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि। पाण्डबखानीका प्रबन्धक तथा पाण्डबखानी अनलाइन खबरका सह सम्पादक दिप घर्तिले बताउनु भयो।

त्यस्तै नेपाल टेलिकम बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्माले टावर अवरुद्ध हुदा सर्वप्रथम त्यस क्षेत्रका समुदायदाइ घाटा हुने संगै यस्तो विपद्को समयमा टावरबाट बन्चित हुदा धेरै क्षति पुग्ने हुदा टेलिकमलाई पनि अवसर पर्ने र पाण्डबखानीमा रहेको टावरलाई नियमित संचालन राख्न केन्द्रीय लाईनको अत्तिनै तत्कालै आवश्यक रहेको जानकारी दिनुभएको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।