भैरहवा क्याम्पसमा भुपु विद्यार्थि गठन

प्रकाशित मिति:

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको भैरहवा बहुमुखी क्याम्पसमा भुपु विद्यार्थि संगठन गठन भएको छ ।क्याम्पसमा भएको पुर्व विद्यार्थिहरुको भेलाले स्ववियुका पुर्व सभापति गोपाल खनालको अध्यक्षतामा संगठन गठन गरेको हो । जसको उपाध्यक्षमा स्ववियुकै पुर्व सभापति शुसील गुरुंग, सचिवमा लेखनाथ भट्टराई, कोषाध्यक्षमा मोजिब अली चयन भएका छन् । यसैगरी सदस्यहरुमा नरेश के.सी, उमेश थापामगर, केशब गौतम, उमा अधिकारी, कमल रायमाझी, प्रख्यात बन्जाडे र रत्नेश मल्लिक चयन भएका छन् ।

पुर्व विद्यार्थिहरुको भेलालाइ क्याम्पस प्रमुख अनिल कुमार झा, सहायक क्याम्पस प्रमुख प्राध्यापक सुदर्शन नेपाल, इन्द्र थापा, पिताम्बर तिवारी, डिल्लीराज भट्टराई, पुर्व स्ववियु सभापति सुनिलराज विस्टले मन्तब्य राख्दै भैरहवा बहुमुखी क्याम्पसका पुर्व विद्यार्थिहरुलाई एकजुट बनाई क्याम्पसको शैक्षिक र भौतिक प्रगतिमा विशेष योगदान दिने बताएका थिए ।आगमी फागुनमा क्याम्पसले स्वर्णजयन्ती महोत्सव मनाउने तयारी गरेको छ ।