व्यबसायीहरुलाई खोप उपलब्ध गराउन व्यापार संघको माग

प्रकाशित मिति:

बुटवल- रुपन्देही व्यापार संघले सम्पूर्ण व्यापारिहरुलाई कोरोना महामारीको जोखिम कम गर्नको लागि कोरोना बिरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।

संघले मंगलवार बसेको बैठकले सो निर्णय गरेको संघका अध्यक्ष यमलाल लोहनी र महासचिव दयानिधि भण्डारीले मंगलवार एक विज्ञप्ति जारी गर्दै बताउनु भयो । संघले सरकारलाई कर तिर्ने प्रमुख क्षेत्र र व्यक्तिहरु वजार र व्यापारीहरु भएको हुदा उनीहरुको सुरक्षामा सरकार गम्भिर बन्न आग्रह गरेको छ । सरकारले कोरोना महामारीको संक्रमण रोक्न लगाएको निषेधाज्ञामा पनि ज्यान जोखिममा राखेर व्यबसायीहरुले आपूर्ति व्यवस्थालाई नियमित बनाएको स्मरण गराउदै आज उनीहरु खोप लगाउनबाट वञ्चित हुनु दुःख भएको संघले जनाएको छ । विज्ञप्तिीमा जोखिमका बिचमा काम गरेका र गर्ने व्यबसायीहरुलाई प्राथमिकतामा राखेर तत्काल कोरोना बिरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरिएको छ ।

संघले संकटको कुनै पनि समयमा निजी क्षेत्रले आपुर्ती व्यवस्थापनमा जोखिम मोलेर खटिरहेको र आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै खोपमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।बैठकले खोप कार्यक्रम संचालन गर्नेक्रममा प्रभावकारी ताथ व्यवस्थित वितरण हुन नसकेको आवाज उठेकोप्रति ध्यानार्कषित भएको भन्दै फितलो व्यबस्थापनलाई सुधार गर्दै तोकिएका र प्राथमिकतामा पारिएका व्यक्तिहरुलाई खोपबाट वञ्चित नगर्न सुझाव पनि दिएको छ । यसैगरि पछिल्ला दिनमा कोरोना संक्रमणको दर घटेको भएपनि जोखि अझै कम नभएको हुदाँ संपुर्ण व्यापारीवर्गले स्वास्थ्य सुरक्षाको पालनामा विषेश ध्यान दिएर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध संघले गरेको छ ।