आज यी नदीमा आउनसक्छ बाढी

प्रकाशित मिति:

काठमाडौं । मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ। बुधबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको छ ।

साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Image