तिलोत्तमा मेलामा आज फुटवलको फाइनल प्रतियोगिता

प्रकाशित मिति:

तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ मा संचालित ५ ए साइड फुटवल प्रतियोगिताको आज फाइनल खेल हुने खेलकुद तथा अतिरिक्त कृयाकलाप संयोजक शितल ज्ञवालीले बताए । स्मृति स्पोर्टश क्लब र सुनौलो संगम युवा क्लब बीच हुने फाइनल प्रतिस्पर्धा दिनको साडे दुइ बजे सुरुवात हुने संयोजक ज्ञवालीले बताए ।  यसैबीच महोत्सवमा संचालित अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता शनिबार समापन भएको छ । बिहिबार देखि सुरुवात भएको उक्त प्रतियोगिताको उपाधी नेपालले हात पार्न सफल भएको छ । त्यस्तै दोस्रो स्थान भुटानले हात पारेको छ भने तेस्रो स्थानमा भारतले जित हासिल गरेको संयोजक ज्ञवालीले बताए । विजेता टोलीलाइ समापन सत्रका प्रमुख अतिथि प्रदेश नम्बर पाँचका खेलकुद मन्त्री सुदर्शन बरालले मेडल तथा प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले तिलोत्तमा महोत्सवमा खेल क्षेत्रलाई विषेश प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै अन्य महोत्सवहरुमा पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
नेपाल सहित ५ देशका खेलाडीहरु सहभागि उक्त प्रतियोगितामा नेपाल, भारत, भुटान, वंगालादेश र श्रीलंका बाट गरी ५ टिम सहभागि थिए । एक टिममा १२ जना खेलाडी सहभागि उक्त प्रतियोगितामा क्याडेस, सव–जुनियर, जुनियर र सिनियर गरी चार उमेर समुहका खेलाडीहरु समावेश भएको संयोजक ज्ञवालीले बताए ।