फोन नलाग्ने समस्या समाधान

प्रकाशित मिति:

काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या समाधान भएको छ । बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या देखिएको थियो। टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या भएको थियो ।

कोर नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । तर, प्राविधिक टिमले अहिले समस्या हल गरिसकेको उनले बताए ।