कांग्रेस नेता खांणको पहलमा भैरहवाको भीम अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणको पहलमा भीम अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । खाँणको विशेष पहलमा गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालयको सहयोगमा अस्पताललाई ५ थान कन्सन्ट्रेटर उपलब्ध गराइएको हो ।

उक्त कन्सन्ट्रेटर बुधबार कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष भण्डारीले अक्सिजन कन्सन्ट्रेटर सहयोगको लागि पहल गर्ने पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खांणलाई धन्यवाद दिएका छन् ।