नेपालमा थपिए २४२१ कोरोना संक्रमित, ३५५८ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २ हजार ४२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको छ ।