तिलोत्तमा मेलामा शनिवार दर्शकको भिड,, ५ करोडको कारेबार भएको आयोजकको दावी

प्रकाशित मिति:

रुपन्देहीको मणिग्राममा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ मा शनिबारको दर्शकको भिड थेग्न आयोजकलाइ हम्मे हम्मे भएको छ ।
महोत्सव समापनको दिन नजिकिँदै गर्दा दर्शकको भिड अन्य दिनपनि बढ्दै गएको वेला शनिबार सोचे भन्दा बढी दर्शकको आगमन भएको महोत्सव आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । अन्य दिन १४ वटा काउण्टर बाट टिकटको व्यवस्था मिलाएको आयोजकले शनिबारको भिड देखेर बाहिर गेटबाट पनि स्टल दर्ता व्यवस्थापन समिति संयोजक रामचन्द्र रेग्मी, प्रायोजक, सह प्रायोजक व्यवस्थापन समिति संयोजक लक्ष्मण भण्डारी लगायतको टोलीले गेटमा टेवल राखेर टिकट लिने व्यवस्था गरेको महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाका अध्यक्ष सत्यब्रत ज्ञवालीले बताए । विहान ११ बजेबाट सुरु भएको दर्शकको आगमन ४ बजेसम्म निरन्तर रहेको थियो । आयोजकले सबै व्यवस्थापन गर्दापनि बढी दर्शकका कारण टिकट लिनको लागि करिब आधा घण्टा लाइनमा बस्नु परेको महोत्सवमा उपस्थित दर्शक किरण सापकोटाले बताए । महोत्सव सह आयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलका अनुसार शनिबार मात्र महोत्सवमा ५० हजार दर्शकले अवलोकन गरेका छन् भने ५ करोडको आर्थिक कारोवार भएको छ । महोत्सवमा राष्ट्रिय लोकतथा दोहोरी गायक खुमन अधिकारी, बिधान कार्की, गायिका पुर्णकला विसी, लगायतको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए । साथै तिलोत्तमा डान्स आइडल, अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता, ५ ए साइड फुडवल प्रतियोगिता लगायतका कार्यक्रमहरुमा दर्शकको भिड देखिएको थियो । शनिबारको दर्शकको भिडका कारण सम्पुर्ण स्टलधनीहरुले समेत अपेक्षा भन्दा बढी व्यापार भएको भन्दै खुसी व्यक्त गरेका थिए । आज आइतबार राष्ट्रिय लोकतथा दोहोरी गायक रामजी खाँण, गायिका प्रिया भण्डारी, जनगायक जीवन शर्मा लगायतको प्रस्तुती रहेको साँस्कृतिक संयोजक प्रेम घर्तिमगरले बताए । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरी मंसिर ६ गतेदेखि सुरु भएको महोत्सवको १८ गते प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीबाट समापन हुने छ ।