बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति:

काठमाडौं, असार ९ : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल तथा डिजेल मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

मूल्य बृद्धिपछि अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन ९आन्तरिक उडान० मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको दाबी गरेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल मटितेल तथा हवाई इन्धन ९आन्तरिक० को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।