जातीय विभेदमा राज्य कहाँ उभिनुपर्छ ? विश्वप्रकाश शर्मा

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदमा राज्य कहाँ उभिनुपर्छ भन्ने कुराको सामान्य विवेक प्रयोग नभएको बताएकाछन् । संचारकर्मी रुपा सुनारले दलित भएको कारण कोठाभाडामा नदिएकी सरस्वती प्रधानलाई प्रहरीबाट छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै लागि परेको तर्फ इंकित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले लेखेकाछन् , ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ प्रधानमन्त्री ज्यू ? हिजो गिटार बजाउंदै समानताको गीत गाउँदै, आज गाडी गुडाउंदै, मन्त्रीको साइरन बजाउंदै राज्य एउटा पक्षमा उभिन मिल्छ रु जातीय विभेदको कहालीलाग्दो ब्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीलेनै पक्षधरताको खुला सन्देश दिने ?