सजक रहनुहोस्, यसकारण दिउँसो सुत्नु हुँदैन

प्रकाशित मिति:

काठमाडौं । वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट दिनमा निद्रा लाग्नुको कारण पत्ता लागेको छ । यदि दिनको समयका विना कारण धेरै थकाइ लाग्छ भने त्यो मधुमेह शुरू हुने संकेत भएको वैज्ञानिकको निष्कर्ष रहेको छ ।

अनुसन्धानकर्ताले यो पनि भनेका छन् कि दिनमा एक घण्टाभन्दा बढी सुत्दा पनि मधुमेह हुने गर्छ । अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलाग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने मानिसमा केही स्वास्थ्य खराबी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्। जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। उनीहरुले अध्ययनमा सहभागी मध्ये ४५ प्रतिशत मानिसले दिनको समयमा धेरै थकान महसुश गर्ने गरेको तथा दिनको समयमा एक घण्टाभन्दा बढी सुत्ने गरेको बताएका थिए। उनीहरुमा टाइप टु डाइबेटिजको संकेत देखिएको अध्ययनकर्ताले बताएका छन्।

अध्ययनकर्ताले भनेका छन्, ‘निन्द्रा नपुग्दा कोही मानिस दिनको समयमा सुत्छ भने यसलाई सही रुपमा लिन सकिन्छ तर अनिन्द्राको समस्याले मानिस दिनको समयमा सुत्ने गर्छ भने त्यो मानिसमा टाइप टु डाइबेटिजको भएको संकेत गर्छ।’ दिनको समयमा यसरी सुत्नुमा अनुसन्धानकर्ताले निद्रामा हुने गडबडी र डाइबेटिजबीच केही सम्बन्ध रहेको बताएका छन्।अध्ययनमा सहभागी अनुसन्धानकर्ताका अनुसार डाइबिटिज हुनुको प्रमुख कारण मध्ये निद्राको गडबडी पनि एक हो, अनिद्राले शरीरमा चिनीको मात्रा बढाइदिन्छ जुन डाइबेटिजको सुरुवाती संकेत हो। त्यसैले अल्छि लाग्यो भन्दैमा अनावश्यक रूपमा दिनमा नसुत्न वैज्ञानिकहरूले सुझाव पनि दिएका छन् । एजेन्सीको सहयोगमा@janatatimes