‘१४९ जनाकै हस्ताक्षर गरेर दाबी गरेपछि को चाहिन्छ ? देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस्’
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । अहिले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । उनले निवेदक पक्षबाट बहस गरेका हुन् । श्रेष्ठले बहसका क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला हुनुपर्ने माग गरेका छन् ।
‘१४९ जनाकै हस्ताक्षर गरेर दाबी गरेपछि को चाहिन्छ ? ओलीले त अधिकार नै गुमाउनु भयो। न त राजीनामा दिनु भयो न त विश्वासको मत लिनुभयो,’ श्रेष्ठले भने, ‘सांसदको परीक्षण प्रतिनिधि सभामा गर्ने हो। तर, रातारात काम हुन्छ। ७६ ९५० को प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा बोलाउन आदेश जारी हुनुपर्छ।’