‘महाभारतमा धृतराष्ट्रमा पुत्र मोह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखियो’

प्रकाशित मिति:

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । अहिले वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरिरहेका छन् । उनले बहसको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरे ।

‘राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीको मात्र होइन। ३ करोड नेपालीको राष्ट्रपति हो, तर महाभारतमा धृतराष्ट्रमा पुत्र मोह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखियो ।’ दाहालले भने ।