मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी, कसले कुन पाए ?

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय थपिएका छन् ।