मिलिजुलीको अधिवेशन सम्पन्न,, नयां नेतृत्व चयन

प्रकाशित मिति:

मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ८ सुर्यपुरा रूपन्देहीको १७ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले हिरालाल खनाल अध्यक्ष र प्रतिमा भट्टराई भूषाल उपाध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ भने सदस्यहरूमा क्रमशस् चोम प्रसाद खनाल, यम प्रसाद न्यौपाने, डिल्लीराज भण्डारी, कमला तिवारी पाण्डे, सुर्य बहादुर थापा, अप्सरा पाठक र कृष्णराज पाण्डेलाई सर्वसम्मत सदस्य पदमा निर्वाचित गरेको छ । अधिवेशनले तेज प्रसाद भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा भैरवमान सुवेदी र सुवास गैह्रे चयन भएका छन ।
यसअघि संस्थाका निवर्तमान अध्यक्ष तोयनारायण पन्थको अध्यक्षता एंव जेष्ठ सदस्य विष्णु कुमारी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले ५ करोड ७७ लाख ७० हजार ६ सय १० रूपिया बराबर बार्षिक आयब्यय विवरण सार्वजनिक गरेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार यज्ञ गैह्रे, यमनाथ पाण्डे लगायतले मन्तब्य दिएका थिए ।
कार्यक्रममा पूर्व उपाध्यक्ष हुम प्रसाद पाठकले स्वागत र प्रतिमा भट्टराई भूषालले कार्यक्रमको संन्चालन गरेकी थिइन ।