चट्याङ लागेर एकको मृत्यु

प्रकाशित मिति:

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ घडेरी बस्ने १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ। आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।