भेरोसेल दोस्रो खोप यही २२ गतेदेखि

प्रकाशित मिति:

सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइनेछ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।